Skip to main content

सीता पराजुली रास्वपा अर्घाखाँची जिल्ला सभापति निर्वाचित

२५ जेठ, अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अध्यक्षमा सीता पराजुली निर्वाचित भएकी छन्। सन्धिखर्कमा सम्पन्न जिल्ला अधिवेशनले सीता पराजुलीको सभापतित्वमा नयाँ कार्य समितिलाई निर्वाचित गरेको छ। निकटतम प्रतिस्पर्धी दिनेश सुनारलाई १३ मतले पछि पार्दै उनी विजयी भएकी हुन्। पराजुलीले ९१ मत प्राप्त गरिन् भने सुनारले ७८ मत प्राप्त गरे। अर्का सभापति उम्मेदवार महेन्द्र कुँवरले ३३ मत प्राप्त गरेका थिए।

सीता पराजुली नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेकी थिइन्। विद्यार्थी जीवनमा नेविसंघबाट राजनीतिमा सक्रिय भएकी सीता महिला संघ हुँदै कांग्रेस राजनीतिमा पनि संलग्न थिइन्। रास्वपामा प्रवेश गरेपछि उनी केन्द्रीय महिला विभाग सदस्यको जिम्मेवारीमा थिइन्।

उपसभापतिमा सहयोगी विसी, सचिवमा चिरन पन्थी र सहसचिवमा लक्ष्मण भट्टराई निर्वाचित भएका छन्। सदस्यहरूमा बाबुराम खड्का, बेदराज घिमिरे, चुरामणि ढुंगाना, पिताम्वर सेजवाल, रमा खनाल र सीता सुनार निर्वाचित भएका छन् भन्ने जानकारी उपसभापति सहयोगी विसीले दिएका छन्।