
जापानको आइची–नागोयामा आयोजना हुने २०औं एसियाली खेलकुदको तेक्वान्दो प्रतिस्पर्धाका लागि नेपालका अभिषेक बराल चयन भएका छन्। नेपाल तेक्वान्दो संघका अनुसार अभिषेक पुरुष ८० केजी तौल वर्गमा सहभागी हुनेछन्।
गत मे २१ देखि २४ तारिखसम्म मंगोलियाको उलानबटारमा सम्पन्न २७ औं एसियाली तेक्वान्दो च्याम्पियनसिपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतियोगितामा अभिषेकसहित ३ पुरुष र ४ महिला गरी कुल ७ खेलाडीहरुले नेपालको प्रतिनिधित्व गरेका थिए। नेपाल तेक्वान्दो संघले अन्य खेलाडीहरुलाई वाइल्ड कार्ड मार्फत एसियाली खेलकुदमा सहभागी गराउने प्रक्रिया अगाडि बढाइरहेको छ।
एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ पेरिस पारालिम्पिकको ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धन विश्व वरीयता आधारमा छनोट भइसकेकी छिन्।






