रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो भारत भ्रमणको जानकारी दिए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणको बारेमा जानकारी गराएका छन्। भारतीय जनता पार्टीको निमन्त्रणामा भारत गएका लामिछानेले त्यहाँका प्रधानमन्त्रीसहितका भेटघाटका विषयमा राष्ट्रपति पौडेललाई जानकारी दिएका हुन्। २५ जेठ, काठमाडौँ।
भारत भ्रमणबाट फर्केपछि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भ्रमणको बारेमा जानकारी गराएका हुन्। राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो भएको भेटमा भारतीय जनता पार्टीको निमन्त्रणामा भएको भ्रमण र भ्रमणमा भारतीय प्रधानमन्त्रीसहितका भेटघाट र कुराकानीको विषयमा जानकारी गराइएको उनका सचिवालयले जनाएको छ।






