
लालीगुराँस, हिमरश्मि, कल्याण र न्युटन दोस्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलमा न्युटन र कल्याण तथा लालीगुराँस र हिमरश्मि बीच प्रतिस्पर्धा हुने आयोजकका भाइस प्रिन्सिपल दिलबहादुर बुढाथोकीले जानकारी गराउनुभयो।
सोमबार सम्पन्न खेलमा लालीगुराँसले सेन्ट लरेन्सलाई २५–२०, २३–२५ र १७–१५ को सेट स्कोरमा पराजित गर्यो। हिमरश्मिले आयोजक एन्जल्स हार्ट माविलाई २७–२५ र २५–२० को सोझो सेटमा हरायो। कल्याण मावि र न्युटनले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे। कल्याणले ग्रिनफिल्डलाई २३–२५, २५–१७ र १५–५ को सेट स्कोरमा पराजित गर्यो। न्युटनले चाणक्यलाई २५–२१ र २५–२२ को सोझो सेटमा हरायो।
प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ र शीर्ष तीन विजेता टोलीले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित सम्मान गरिनेछ।






