
म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्न लगभग निश्चित भएका छन् भने भन्ने प्रधानमन्त्री कार्यालयका स्रोतले जनाएका छन्। मन्त्री बन्ने सम्भावनाबारे पुनले भने, “मन्त्री बन्ने विषयमा मलाई कुनै जानकारी छैन र कसैले फोन समेत गरेको छैन।” सरकारले बजेटमार्फत विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पूँजीगत खर्चको १ प्रतिशत बजेट विनियोजन गरेको छ। २६ जेठ, काठमाडौं।
महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन तयारी भइरहेको छ। यस विषयमा पुनसँग जिज्ञासा राख्दा उनले भनेका छन्, “मन्त्री बन्ने विषयमा मलाई कुनै जानकारी छैन र कसैले फोन पनि गरेको छैन।” पुनको माग बमोजिम सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट विनियोजन समेत गरेको छ। बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको बताए।
पुनले लामो समयदेखि विज्ञान तथा नवप्रवर्तनको वकालत गर्दै आएका छन्। उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका छन्। यसअघिको अन्तरिम सरकारमा पुन शिक्षामन्त्री थिए। गत फागुन २१ गतेको निर्वाचनमा उनी म्याग्दीबाट स्वतन्त्र रुपमा विजयी भएका थिए। उनलाई चुनावमा रास्वपाले समर्थन गरेको थियो। रास्वपाका सांसद भए पनि संसदमा उनको स्वतन्त्र सांसदको हैसियत रहेको छ।





