
२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले विरोध जारी राखेका छन्। बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए। सभामुख डीपी अर्यालले बैठक सुरु गरे लगत्तै विपक्षी सांसदहरू उठेका थिए। त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न अनुमति दिएका थिए। थेबेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा दिएको अभिव्यक्तिको स्पष्ट जवाफ नदिएसम्म संसद अवरोध गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री बालेनले संसदमा सम्बोधन गर्दा भूमिका विषयमा विवादास्पद अभिव्यक्ति दिएका थिए। विपक्षी दलले भनेका छन् कि प्रधानमन्त्रीले त्यो सम्बन्धमा जवाफ दिएपछि मात्रै संसदको कामकाज अघि बढ्नेछ।






