
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्त राजु मिजारलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनका लागि मिजारलाई काठमाडौं जिल्ला अदालतमार्फत कारागार पठाइएको प्रहरीले जनाएको छ। २६ जेठ, काठमाडौं। प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरसहित १४ मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। देवीचन्द्र जोशी लगायतको जाहेरी अनुसार बूढानीलकण्ठ नगरपालिका–५ निवासी ४७ वर्षीय राजु मिजारलाई सीआईबीले पक्राउ गरेको हो। उनीमाथि बैंकिङ कसुरका १२ र चेक अनादारका २ गरी जम्मा १४ मुद्दा दर्ता रहेका छन्। उनीमाथिको मुद्दाको बिगो दुई करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ रहेको छ भने जरिवाना ४३ लाख २३ हजार ५४३ रुपैयाँ र क्षतिपूर्ति १ लाख ७२ हजार ९४१ रुपैयाँ तोकिएको छ। यसका साथै उनीमाथि ९० दिन कैदको सजाय समेत सुनाइएको प्रहरीले जनाएको छ। फैसला अनुसार उनलाई काठमाडौं जिल्ला अदालतबाट कारागार पठाइएको छ।






