
राष्ट्रपति डोनाल्ड ट्रम्पको इच्छाविपरीत पनि मध्यपूर्वमा अमेरिकालाई ठूलो सैन्य द्वन्द्वमा फस्ने जोखिम बढ्दै गएको छ। पछिल्ला २४ घण्टाभित्र राष्ट्रपति ट्रम्पले इजरायल र इरानलाई ठूलो युद्धबाट केही समयका लागि पछि हटाउन सफल भए तापनि यो शान्ति कहिलेसम्म टिक्छ भन्ने कुनै निश्चितता छैन। युद्ध सुरु भएको १०० दिन बितिसक्दा पनि ट्रम्पले कुनै ठोस सम्झौता गर्न सकेका छैनन्। यस्तो परिस्थितिमा ट्रम्प ठूलो द्विविधामा छन्। एकातिर उनले इरानी मिसाइल आक्रमणको तत्काल जवाफ नदिइ बस्नुपर्ने तर उनका मुख्य सहयोगी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लागि त्यो सम्भव नभएको बुझेका थिए। अर्कोतिर, यस प्रतिक्रियाको चक्रले पूर्ण युद्धको सर्जना गर्न सक्ने भन्दै उनी चिन्तित छन्।
‘एक्सियोस’सँगको एक फोन अन्तर्वार्तामा ट्रम्पले नेतन्याहुलाई चेतावनी दिँदै भने यदि ती फेरि इरानसँग युद्धमा प्रवेश गर्छन् भने इजरायलले यो लडाइँ एक्लै सामना गर्नुपर्ने हुनसक्छ। तनाव आइतबार बिहान इजरायलले बेरुतमा हिजबुल्लाहको सैन्य अड्डामाथि आक्रमण गरेपछि सुरु भयो। इजरायली स्रोतहरूले जनाएअनुसार, अमेरिकी सेन्ट्रल कमान्डलाई यसबारे पूर्वजानकारी थियो तर ह्वाइट हाउसलाई सूचना दिइएको थिएन। केही दिन अघि मात्र ट्रम्पले फोन गरेर यस्तो योजनालाई रोक्न खोजेका थिए, तर यस आक्रमणले उनलाई अत्यन्तै असन्तुष्ट बनायो। इजरायलको बेरुतमाथि आक्रमण पश्चात् इरानले जवाफ स्वरूप मिसाइल प्रहार गर्यो। त्यसपछि ह्वाइट हाउसले गुप्त र तीव्र कूटनीतिक प्रयास सुरु गर्यो।
आइतबार साँझ ट्रम्पले नेतन्याहुलाई फोन गरेर थप जवाफी कारबाही नगर्न आग्रह गरे। उनले भने– केही दिनमै इरानसँग सम्झौता हुने छ र सैन्य टकराव आवश्यक नपर्नेछ, नभए सम्झौता नभए आफूले इरानमाथि आक्रमणको नेतृत्व गर्ने उनले बताए। केही दिनअघि ट्रम्पले नेतन्याहुलाई ‘पागल’ भनेर चिच्याएको फोन वार्ताको तुलनामा यो कुराकानी धेरै शान्त र सभ्य भएको अधिकारीहरूले व्याख्या गरे। तर नेतन्याहुले जवाफी कदम चाल्न असफल भएपछि इजरायल, अमेरिकाले गरिरहेको वार्तालाई नोक्सान पुग्ने खतरा रहेको तर्क गरे। उनले इरानविरुद्ध कडा कदम नचलाउँदा इरान सशक्त हुने र अमेरिका तथा इजरायललाई डर लाग्ने संकेत जाने बताए।






