
२६ जेठ, काठमाडौं । अदालतको लेटरप्याड र आधिकारिक व्यक्तिको हस्ताक्षर नक्कली गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति गोरखाको आरुघाट गाउँपालिका–७ घर भइ २६ वर्षीय विवश अधिकारी हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो।
गत १५ चैतमा विवश अधिकारीको नाममा मुद्दा दर्ता गर्ने र पुन: प्रमाणीकरण सम्बन्धी सूचना दिने पत्र नक्कली बनाइएको खुलासा भएको छ। मुद्दाको अन्तिम निर्णयपछि विवश अधिकारीको बैंक खातामा एक करोड २३ लाख रुपैयाँ जम्मा हुने र २४ चैतमा सेवा शुल्क भुक्तानीसम्बन्धी झुटा लिखत तयार गरी उनलाई अदालतबाट एक लाख ६ हजार ५०० रुपैयाँ प्रदान गर्ने आदेश दिएको भनी अदालतको नक्कली पत्र बनाइएको थियो भनी सीआईबीले बताएको छ। काठमाडौं जिल्ला अदालतको लेटरप्याडमा न्यायाधीश, श्रेस्तेदार, अधिकृतको पनि दस्तखत नक्कली परेको पाइएको छ भनेर उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।






