नेपालमा बर्ड फ्लू: जिल्ला तहमा फैलिएको भाइरस सम्बन्धी जान्नुपर्ने महत्वपूर्ण तथ्यहरू

पशु सेवा विभागले काठमाडौँ उपत्यका सहित १० जिल्लामा फैलिएको बर्ड फ्लू सङ्क्रमणका कारण करिब पाँच लाख घरपालुवा पक्षी नष्ट गरिएको जनाएको छ। तीमध्ये सात जिल्लामध्ये चार प्रदेशमा बर्ड फ्लूको पाइँदा अधिकारीहरूले विशेष गरी कुखुरा पालन र पक्षीजन्य उत्पादनको ओसारपसारमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। बर्ड फ्लू ल्याउने सबै प्रकारका इन्फ्लूएन्जा भाइरसहरू रोगजनक हुँदैनन्। तीन प्रकारका इन्फ्लूएन्जा प्रजातिहरूमध्ये नेपालमा दुई मात्र प्रकारलाई बर्ड फ्लूको परिभाषाभित्र राखिएको छ।
नेपालमा हाल ‘उच्च प्याथोजेनिक’ अर्थात् उच्च रोगजनक क्षमता भएको H5N1 भाइरसले बर्ड फ्लू फैलाएको छ। पशु सेवा विभागका वरिष्ठ पशुचिकित्सक डा. नवराज श्रेष्ठका अनुसार H5N1 र H7N1 नेपालमा बर्ड फ्लूको परिभाषाभित्र राखिन्छ। रोगजन्य क्षमता कम भएको H9N1 भाइरसको विरुद्ध नेपालमा खोप उपलब्ध भएकाले सो भाइरसलाई बर्ड फ्लूको रूपमा लिनु हुँदैन भनी उनले जानकारी दिएका छन्। उच्च रोगजनक हुँदा सबैभन्दा धेरै सावधानी आवाश्यक रहेको जानकारहरूले बताउँछन्। “H9N1 मा पक्षीहरूमा मृत्युदर कम हुन्छ र मानिसमा संक्रमण सङ्क्रमण पनि कम हुन्छ,” राष्ट्रिय कृषि अनुसन्धान परिषद्का वैज्ञानिक शिशिर भण्डारीले भने।
कम रोगजनक प्रजातिका लागि नेपालमा खोप उपलब्ध छ। उच्च रोगजनक भाइरसका लागि भारतमा खोप उपलब्ध भए पनि नेपालमा खोप अनुमति नभएको विभागले स्पष्ट पारेको छ। खोप नदिइकनै नियन्त्रणमा प्राथमिकता दिइएको छ। मानिसमा संक्रमणको जोखिम कति छ? तीन दशक अगाडि पहिलो पटक मानिसमा देखिएको H5N1 सङ्क्रमणमा कुखुराको मासु राम्ररी पकाएर खाँदा संक्रमणको जोखिम कम हुने वरिष्ठ पशुचिकित्सक डा. श्रेष्ठले बताए। नेपालमा सन् २०१९ मा एक युवकको बर्ड फ्लूका कारण मृत्यु भएको पुष्टि भएको थियो। ती युवकले कुखुरा ओसार्ने गाडी चलाउने गरेको अधिकारीहरूले बताएका थिए। “मानिसमा सङ्क्रमण हुँदा मृत्यु दर ४८ देखि ५० प्रतिशतसम्म पुग्ने अध्ययनहरूले देखाएका छन्,” श्रेष्ठले भने। “सबैभन्दा जोखिममा फार्ममा कार्यरत व्यक्ति हुन्छन्। उनीहरूले कम्तीमा मास्क, पन्जा र जुत्ता लगाउन आवश्यक छ र बाहिर निस्केपछि हातमुख सफा गरेको खण्डमा जोखिम निकै कम हुन्छ।”
पशु सेवा विभागका अनुसार हालसम्म सबैभन्दा धेरै सुनसरी जिल्लामा बर्ड फ्लू पुष्टि भएको छ। कोशी प्रदेशका अन्य दुई जिल्ला मोरङ र झापामा पनि यो सङ्क्रमण देखिएको छ। त्यस्तै, काठमाण्डू, भक्तपुर र ललितपुरसहित बागमती प्रदेशको चितवनमा पनि बर्ड फ्लू पुष्टि भइसकेको छ। मधेशका बारा र महोत्तरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा पनि बर्ड फ्लू देखिएको छ। विभागका तथ्याङ्क अनुसार, १० जिल्लाका ७२ भन्दा बढी कृषक फार्महरूमा करिब पाँच लाख पक्षीलाई नष्ट गरिएको छ। काठमाडौँ उपत्यकामा मुख्यतया सङ्क्रमण ब्रॉयलर कुखुरा भन्दा स्थानीय जातका र लेअर समुहका कुखुरामा देखिएको छ। संक्रमित अण्डाका क्रेटहरूको पुनः प्रयोग र अव्यवस्थित पक्षीपालन यसका मुख्य कारण रहेको डा. श्रेष्ठले बताएका छन्।






