WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

विदेश जान व्यक्तिगत रूपमा कुनै मोह छैन – एन्फा महासचिव किरण राई – Space4k Television News Update
Skip to main content

विदेश जान व्यक्तिगत रूपमा कुनै मोह छैन – एन्फा महासचिव किरण राई

फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा सहभागी हुन अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई विमानस्थलबाट फर्काइएको छ। आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्को सिफारिशमा अध्यागमन विभागले वैशाखदेखि एन्फा पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो। महासचिव किरण राईले फिफा र एएफसीको निर्देशन विपरीत एन्फामाथि अनुचित बाह्य हस्तक्षेप भएको दाबी गरेका छन्। २६ जेठ, काठमाडौं।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले फिफा र एएफसीले पटकपटक दिएका निर्देशनहरूका बावजुद पनि एन्फामाथि अनुचित हस्तक्षेप रोकिएको छैन भनी दाबी गरेका छन्। फिफा विश्वकप २०२६ को उद्घाटन कार्यक्रममा सहभागी हुनबाट रोकिएपछि महासचिव राईले सामाजिक सञ्जालमा फुटबलमा तेस्रो पक्षको अनुचित हस्तक्षेप भएको बताएका छन्। ‘विदेश जान व्यक्तिगत रूपमा कुनै विशेष मोह छैन। तर फिफाले संसारभरिका २११ देशका अध्यक्ष र महासचिवलाई निमन्त्रणा गर्दछ (फिफाको सम्पूर्ण खर्चमा) र विश्वकप फुटबलको उद्घाटन समारोहमा सहभागी गराई आगामी चार वर्षको बजेट तथा फुटबल विकास कार्यक्रमबारे फुटबल समिट आयोजना गर्ने हुनाले यो देशको लागि महत्वपूर्ण थियो, जुन कुरा हिजो राखेपलाई बुझाउने प्रयास गरियो, तर बुझिएन,’ उनले लेखेका छन्।

फिफा विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव राईलाई अध्यागमन अधिकारीहरूले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएका छन्। अध्यागमन विभागले विदेश जान रोक लगाएकाले उनीहरूलाई विमानस्थलबाटै फर्काइएको हो। महासचिव राईले आफूहरूले देशका लागि काम गर्न खोजेको बताउँदै भने, ‘हामीलाई रोकिने पूर्वसूचना हुँदाहुँदै पनि आज निर्धारित समयमा एयरपोर्ट पुग्यौं किनभने यदि हामीले फिफाको कार्यक्रममा सहभागी हुन नसकेको उचित कारण दिन नसके फिफाले हामीमाथि प्रश्न गर्ने अवस्था सिर्जना हुने थियो।’ आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखदेखि एन्फाका सबै पदाधिकारीहरूलाई विदेश जान रोक लगाएको छ।