
२६ जेठ, काठमाडौं । नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीको नयाँ तदर्थ समिति गठन गरेको छ। मंगलबार मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो। सो समितिको महामन्त्रीमा गोरखाका ऋषिरमण खनाल, र कोषाध्यक्षमा काठमाडौंका प्रेमसागर कर्माचार्यलाई जिम्मेवारी दिएको छ। सदस्यहरूमा भोजपुरका वसन्तकुमार श्रेष्ठ, दाङकी अविस्मी न्यौपाने, तेह्रथुमकी पुष्पा दास, सिन्धुपाल्चोकका प्रेम लामा, सप्तरीका मोहम्मद आयतुल्ला रहमान र कैलालीकी मञ्जु साउँद बोहरालाई चयन गरिएको छ।






