गृहमन्त्री गुरुङले नागरिकको चरित्र हत्या विषयमा गम्भीर ध्यान दिने बताएका छन्

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नागरिकको चरित्र हत्या र अपमान गर्ने कार्यलाई गृह मन्त्रालयले गम्भीर रूपमा हेर्ने बताएका छन्। उनले मंगलबार पदभार ग्रहण गर्दै भने, “अब सबै फाइल खुल्छन्।” २६ जेठ, काठमाडौं।
गृहमन्त्री गुरुङले अब चरित्र हत्याको विषयलाई गम्भीर रूपमा हेर्ने बताएका छन्। उनले भने, ‘ममाथि जेनजी आन्दोलनदेखि नै जति पनि आरोप लगाइएको थियो, म त थेग्न सक्छु। तर विशेषगरी कुनै नागरिकलाई अपमान गर्ने, चरित्र हत्या गर्ने प्रयास भएको खण्डमा गृह मन्त्रालयले एकदमै संवेदनशील भएर गम्भीर रूपमा हेर्नेछ।’
गुरुङले चरित्र हत्याका कारण कुनै नेपाली छोरीको ज्यान जान नहुने वक्लपना गर्दै भने, ‘जस्तोसुकै आरोप लगाए पनि म थेग्न सक्छु, तर अन्य नेपाली छोरीलाई चरित्र हत्या गरिएर आत्महत्या गर्न बाध्य बनाइने भएमा त्यसमा गृह मन्त्रालय गम्भीर हुनेछ।’
यसैबीच, आफू पुनः गृहमन्त्री नियुक्त भएकोमा केहीले खुशी र केहीले दुखी भएको संकेत गर्दै उनले भने, ‘धेरैजना खुशी हुनुहुन्छ होला, धेरैजना दुखी पनि हुनुहुन्छ होला म आएकोमा। अब सबै फाइलहरू खुल्नेछन्।’






