Skip to main content

थाइल्याण्डले नेपाललाई १३१ रनको लक्ष्य दियो

२७ जेठ, काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्याण्डले नेपाललाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । वायुमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको हो । थाइल्याण्डका लागि नानापत कोन्चारोन्काइले अर्धशतकीय पारी खेलेकी छन् । उनले ५१ बलमा अविजित ६३ रन बनाइन् । फनिता मायाले २६ र चनिदा सुथिराङले १६ रन जोडिन् । नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिएका छन् । एसिया कपमा छनोट हुनका लागि नेपालले यो खेल जित्नुपर्नेछ ।