Skip to main content

नेपाली महिला क्रिकेट टोलीको टी-२०आई रैंकिङ घटेर २३औँ स्थानमा

२७ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२०आई रैंकिङमा एक स्थान तल झरेर २३औँ स्थानमा आइसकेको छ। नेपाली महिला क्रिकेट टोलीले अहिलेसम्म अपेक्षित प्रदर्शन गर्न सकेको छैन। गत हप्ता सम्पन्न एसियन गेम्स छनोटमा टोली असफल रह्यो र यसले एसिया कपका लागि छनोट हुन सकेन। एसियन गेम्स छनोटमा नेपालले चीन र इन्डोनेसियालाई पराजित गरेको थियो। तर सेमिफाइनलमा मलेसियासँग पराजित भई तेस्रो स्थानको खेलमा चीनसँग पनि हार्नु परेको थियो जसले गर्दा एसियन गेम्समा छनोट हुन सकेन। त्यसपछि एसीसी महिला प्रिमियर कपमा नेपाली महिला टोलीले समूह चरणमा कतार र भुटानलाई पराजित गर्यो, तर हङकङसँग हार व्यहोरो। बुधबार बिहान सम्पन्न क्वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएपछि नेपाल एसिया कपको छनोटमा पनि सफल हुन सकेन।