
२८ जेठ, काठमाडौं । रास्वपाका सांसद रञ्जु दर्शनाले नयाँ सांसदहरूलाई तालिम प्रदान गर्न बजेट छुट्याउनुपर्ने माग गरेकी छन्। ‘हामी जनताबाट अनुमोदन प्राप्त भएकाहरू हौं, तर संसदीय व्यवस्थामा पहिलो पटक रहेकाले अनुभव अलि कम छ,’ उनले संसद् बैठकमा भनिन्, ‘यसैले हामीलाई तालिमका लागि बजेट छुट्टै व्यवस्था गरियोस् भन्ने हार्दिक आग्रह गर्दछु।’
राजश्व तथा व्यय अनुमानमाथिको छलफलमा उनले बजेटप्रति आफ्नो सन्तुष्टिको पनि जानकारी गराइन्। बजेटले समेटेका क्षेत्र, आर्थिक वृद्धि दर आदिमा खुशी व्यक्त गर्दै रञ्जु दर्शनाले सुत्केरी विदा विस्तारको माग गरिन्। ‘गर्भवती र सुत्केरी महिलाहरूका लागि विशेष ध्यान दिनुपर्नेछ। सुत्केरी विदा बढाउनुपर्ने र प्रत्येक कार्यस्थलमा दिवा बालश्रृंगार केन्द्र स्थापनालाई बजेटले प्राथमिकता दिनुपर्ने हाम्रो आग्रह छ,’ उनले जोड दिइन्।






