Skip to main content

ट्रम्पले भने– आज राति इरानमा ठूलो हमला हुन सक्छ, इरानले २२ देशलाई खतराको संकेत दिँदै चेतावनी

२८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानमा ठूलो हमला गर्ने सम्भावना भएको बताएका छन् । सामाजिक सञ्जाल ट्रूथमार्फत उनले अमेरिका आज राति इरानमाथि कडा हमला गर्ने दाबी गरेका छन् । ‘संयुक्त राज्य अमेरिका आज राति इरानमाथि जोरोसाथ हमला गर्नेछ । इरानको नौसेना, वायुसेना, राडार, हवाई रक्षा प्रणाली एवं अधिकांश आक्रमणकारी क्षमता पहिले नै क्षतिग्रस्त भइसकेको छ,’ ट्रम्पले उल्लेख गरेका छन्।
त्यसैगरी उनले निकट भविष्यमै अमेरिकाले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग र अन्य तेल पूर्वाधारहरूमा नियन्त्रण कायम गर्ने दावी गरेका छन्। साथै इरानको तेल र ग्यास बजारमा पनि अमेरिकी पूर्ण प्रभुत्व कायम रहने ट्रम्पको स्पष्टिकरण छ।
उता, ट्रम्पको उक्त बयानपछि इरानले अमेरिका, युरोप र मध्यपूर्वका २२ देशहरूलाई चेतावनी दिँदै आफ्नो भूमिमा इरानी नागरिकहरूलाई निशाना बनाउन रोक्न आग्रह गरेको छ।