
सर्बियामा जेठ २८ देखि असार २ गतेसम्म हुने वर्ल्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सर्बिया प्रस्थान गर्न लागिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले टोलीलाई विदाई गरेका छन्। टोलीमा आठ जना खेलाडी रहेको छ भने टोली प्रमुख राजकुमार कार्की र प्रशिक्षक प्रेमसुन्दर पनि उपस्थित छन्।
सर्बियाको स्कुल स्पोर्ट्स फेडरेसनको आयोजनामा हुने यस प्रतियोगितामा सहभागी खेलाडीहरुमा आकार श्रेष्ठ, अद्वभित्य अग्रवाल, विपिन पोखरेल, खाईङ लिङ, आनन्द पोखरेल, प्रयास थापा, सुशान्त यादव र बर्दान मल्ल रहेका छन्। टोली शुक्रबार प्रस्थान गर्ने छ जसमा प्रमुख राजकुमार कार्की र प्रशिक्षक प्रेमसुन्दर रहेका छन्।






