Skip to main content

गृहमन्त्री गुरुङद्वारा बालाजु होल्डिङ सेन्टरको निरीक्षण, सुकुमवासीहरूसँग माफी मागे

२८ जेठ, काठमाडौं। गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कमा रहेको विस्थापित सुकुमवासीहरूका लागि व्यवस्था गरिएको दुई होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्। बिहीबार साँझ गरिएको निरीक्षणको क्रममा उनले सुकुमवासी परिवारहरूसँग माफी समेत मागेका छन्। निरीक्षणका बेला मन्त्री गुरुङले आफू मन्त्री पदमा नरहुँदा सुकुमवासी बस्ती हटाइएको भए पनि सरकारले यस समस्याको समाधानमा गम्भीरता देखाइरहेको बताएका छन्, जसको जानकारी उनको सचिवालयले उपलब्ध गराएको छ।

‘सरकारले कुनै पनि अवस्थामा तपाईंहरूको उचित व्यवस्था गर्नेछ, र अहिले पनि हाम्रो ध्यान यहीतर्फ केन्द्रित छ,’ उनले सुकुमवासीलार्ई भने। निरीक्षणको क्रममा सुकुमवासी परिवारहरूले आफ्ना पीडा र गुनासोहरू व्यक्त गरेका थिए। उनीहरूले बालबालिकाको शिक्षामा सहजताको अभाव र उपचार सेवामा देखिएका समस्याहरू उठाएका थिए। त्यसपछि गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरमा प्रहरी टोली तोकिने र निरन्तर स्वास्थ्य तथा आकस्मिक सेवाको अवस्थाबारे अपडेट लिने निर्देशन दिएका छन्, जुन कुरा उनको सचिवालयले समेत पुष्टि गरेको छ।