Skip to main content

फिफा विश्वकप उद्घाटन खेलमा तीन खेलाडीलाई रातो कार्ड देखाइयो

समाचार संक्षेप
फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा तीन खेलाडीलाई रातो कार्ड देखाइएको छ। खेलको क्रममा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रातो कार्ड पाएका छन्। दक्षिण अफ्रिकाका सेफेलो सिथोल र थेम्बा ज्वाने तथा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड पाएका हुन्। २९ जेठ, काठमाडौं।

फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाएका छन्। मेक्सिकोको एज्टेक रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरुवात गर्दा, तीन खेलाडीले रातो कार्ड पाएर मैदान छाड्नुपर्ने अवस्थामा परेका छन्। उक्त खेलमा मेक्सिकोका एक र दक्षिण अफ्रिकाका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका हुन्।

विपक्षी खेलाडीलाई लडाएकाले ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाएर खेलबाट बाहिरिए। त्यसपछि खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड खाँदै मैदान छाडे। दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड पाएर खेल छाडेका थिए। समूह ए मा सहज जितपछि मेक्सिकोले ३ अंक जोडेको छ र नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।