
फिफा विश्वकप २०२६ को दोस्रो खेलमा दक्षिण कोरिया र चेक रिपब्लिकले १–१ को बराबरी गोल खेलेका छन्। मेक्सिकोको ग्वाडालजारा रंगशालामा सम्पन्न भएको खेलको ५९औं मिनेटमा चेक रिपब्लिकका लाडिस्लाभ क्रेज्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ६७औं मिनेटमा दक्षिण कोरियाका ह्वाङ इनबियोमले जवाफी गोल गर्दै खेललाई बराबरीमा पुर्याए।
दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्धको खेलमा बराबरी गोल फर्काएको छ। मेक्सिकोको ग्वाडालजारा रंगशालामा जारी खेलमा चेक रिपब्लिकले अग्रता लिएको ८ मिनेटपछि दक्षिण कोरियाले बराबरी गोल फर्काएको हो। ह्वाङ इनबियोमले ६७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। यसअघि ५९औं मिनेटमा चेक रिपब्लिकका लागि लाडिस्लाभ क्रेज्कीले गोल गरेका थिए।






