Skip to main content

दक्षिण कोरियाको शानदार पुनरागमन जित, १४ मिनेटमा दुई गोल गर्दै चेक रिपब्लिकलाई पराजित

दक्षिण कोरियाले फिफा विश्वकप २०२६ को पहिलो खेलमा चेक रिपब्लिकलाई २-१ गोलले पराजित गरेको छ। मेक्सिकोको ग्वाडालजारा रंगशालामा दोस्रो हाफका १४ मिनेटमा दुई गोल गर्दै कोरियाले जित आफ्नो नाम गरेको छ। यो दक्षिण कोरियाको विश्वकपमा पहिलो जित हो, र पहिलो खेलमै जित पाउने यो चौथो पटक हो। २९ जेठ, काठमाडौं।

दोस्रो हाफमा मात्र १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गर्दै फिफा विश्वकप २०२६ मा सफलता संग सुरुवात गरेको छ। मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता कायम राख्न नसक्दा चेक रिपब्लिक दक्षिण कोरियासँग २–१ को हार भोग्न बाध्य भयो।

दक्षिण कोरियाले चेकियाविरुद्ध विश्वकपमा पहिलो पटक जित निकाल्न सफल भएको हो। यो दक्षिण कोरिया लागि १२ औँ विश्वकप हो र पहिलो खेलमै जित निकाल्नु चौथो पटक हो। ५९औँ मिनेटमा लादिस्लाभ क्रेज्कीले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए, तर त्यो अग्रता टिक्न सकेन। आठ मिनेटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो।

ह्वाङ इनबियोमले ६७औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए। खेलको ७७औँ मिनेटमा फ्रिकिकबाट आएको बलमा चेक रिपब्लिकका थोमस सुसेकले हेडरमार्फत गोल गर्न सफल भए पनि अफसाइड स्थितिमा भएकाले गोल मान्यता पाएन। ८०औँ मिनेटमा दक्षिण कोरियाले ओएच ह्योङयुको गोलबाट अग्रता हासिल गर्‍यो जसले जितको बाटो खोलेको थियो। त्यसपछि थप गोल हुन नपाउँदै दक्षिण कोरिया विजयी भयो। समूह ‘ए’ मा पहिलो जित निकाल्दै दक्षिण कोरिया तीन अंक जोडेर दोस्रो स्थानमा स्थापित भएको छ। समान ३ अंक रहेका मेक्सिको गोलअन्तरमा उच्च स्थानमा छ। अंकविहीन चेक रिपब्लिक तेस्रो स्थानमा छ भने दक्षिण अफ्रिका समुहको पुछारमा रहेको छ।