अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले हाइटीमाथि १-० को जित हासिल गर्यो। २८ वर्षपछि विश्वकप प्रतियोगितामा फिर्ता आएको स्कटल्यान्डले हाइटीलाई १-० ले पराजित गर्दै फिफा विश्वकप–२०२६ मा शुभ शुरुवात गरेको छ। स्कटल्यान्डका खेलाडी जोन म्याकगिनले २९औं मिनेटमा गरेको एकमात्र गोलले टोलीलाई जित दिलायो। प्रतियोगिताभित्र आइतबार भएका अन्य खेलहरूमा कतार र स्विट्जरल्यान्ड र मोरक्को तथा ब्राजिलबीच १-१ को बराबरी भयो।
स्कटल्यान्डले ३ अंक जोडेर समूह ‘सी’ मा शीर्ष स्थान ओगटेको छ। सो समूहमा मोरक्को र ब्राजिल समान एक-एक अंकसहित दोस्रो स्थानमा छन्। स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ। स्कटल्यान्डले सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको हो। त्यसयता निरन्तर छनोट हुन नसकेपछि यो २८ वर्षपछि दोस्रो पटकको उपस्थिति हो। साथै, यो स्कटल्यान्डको विश्वकपमा ३६ वर्षपछि पहिलो जित पनि हो, जुन पछिल्लो पटक सन् १९९० मा स्वीडेनविरुद्धको २-१ को जीत थियो। आगामी खेलमा आज अस्ट्रेलिया र टर्की भिड्नेछन् जसको आयोजना क्यानडाको भ्यानकुभर स्टेडियममा बिहान पौने १० बजेबाट हुनेछ। त्यसैगरी, पाँचौं खेल जर्मनी र कुराकाओबीच राति पौने ११ बजे शुरू हुनेछ।

