क्यानडामा जारी फिफा विश्वकप–२०२६ को पहिलो खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेका छन्। भ्यानकुभर स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाले २७औं मिनेटमा र कोनर मेटाकाल्फले ७५औं मिनेटमा गोल गरेका थिए।
अस्ट्रेलियाको जितसँगै उनीहरूले समूह ‘डी’ मा ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएका छन्। ३१ जेठ, काठमाडौं। खेलको २७औं मिनेटमा नेस्टोरीले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए भने ७५औं मिनेटमा कोनरले दोस्रो गोल गरे।
६० प्रतिशतभन्दा बढी बल नियन्त्रण गरे तापनि टर्कीले गोल गर्न सकेन। खेल अवधिभर टर्कीले दुई दर्जनभन्दा बढी अवसर पाएको थिए, तर सबै अवसरलाई सदुपयोग गर्न सकेन। यस जितसँगै अस्ट्रेलिया समूह ‘डी’ मा ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ। उक्त समूहमा समान ३ अंकसहित आयोजक अमेरिका गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। टर्की र पाराग्वे भने अझै अंकविहीन छन्।
आजै भएका अन्य खेलहरूमा स्कटल्यान्डले हाइटीलाई हरायो भने कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एक गोलमा बराबरी खेलेका छन्। आजको अन्तिम खेल राति पौने ११ बजे जर्मनी र कुराकाओबीच तय गरिएको छ।

