Skip to main content

नेदरल्याण्ड्ससँग जापानको रोमाञ्चक भिडन्तको तयारी

नेदरल्याण्ड्स र जापानबीच फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत मध्यराति अत्यन्तै रोमाञ्चक र प्रतिक्षित खेल हुँदैछ। नेपाली समय अनुसार भोलि बिहान १:४५ बजे (जुन १५) अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा यो खेल सुरु हुनेछ। समूहको शीर्ष स्थानका लागि यो भिडन्त दुवै टोलीका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ।

हेड टु हेड सिनियर अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यी दुई टोलीबीच अहिलेसम्म केवल ३ पटक मात्रै भिडन्त भएको छ, जसमा जापानले नेदरल्याण्ड्सलाई अहिलेसम्म पराजित गर्न सकेको छैन। दुई खेल नेदरल्याण्ड्सले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। सन् २०१० को विश्वकप समूह चरणमा नेदरल्याण्ड्सले वेस्ले स्नाइडरको निर्णायक गोलको मद्दतले जापानलाई १-० ले पराजित गरेको थियो।

पछिल्ला नतिजा युरोपेली छनोट प्रतियोगितामा अपराजित रहँदै विश्वकप यात्रा तय गरेको नेदरल्याण्ड्सले पछिल्ला ५ खेलहरूमा मिश्रित प्रदर्शन गरेको छ। टोलीले अभ्यास खेलमा अल्जेरियासँग पराजय भोगेको थियो भने उज्बेकिस्तानविरुद्ध कठिन जित निकाल्यो। रक्षात्मक रूपमा नेदरल्याण्ड्सले पछिल्ला ४ खेलमा लगातार १-१ गोल बेहोरेको छ।

जापानले ३ खेल अगाडि नै विश्वकपमा स्थान सुरक्षित गरेको छ र उच्च मनोबलमा छ। जापानले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डलाई पहिलो पटक हराएर ऐतिहासिक नतिजा निकालेको थियो। जापानको बलियो पक्ष क्लिनसिट हो, जहाँ टोलीले पछिल्ला ५ जितहरूमा एक पनि गोल बेहोरेको छैन।