यूकेको रक्षा मन्त्रालयका अनुसार, ब्रिटिश सैनिकहरूले इङ्लिश च्यानलमा रुसी तेल बोकेको एउटा ट्याङ्कर आफ्नो नियन्त्रणमा लिएका छन्। मन्त्रालयले सार्वजनिक गरेको उक्त भिडिओमा “श्याडो फ्लीट”को रुसी तेल ट्याङ्कर स्मिर्टोसमा सैनिकहरू प्रवेश गरेको देखिन्छ। छ घण्टा लामो कारबाही दौरान, ब्रिटिश सैनिकहरूले ट्याङ्करका क्याबिनहरूमा खानतलासीसमेत गरेका थिए।
ब्रिटिश सेनाले यस किसिमको कारबाही पहिलो पटक गरेको बताइएको छ। रक्षा मन्त्रालयले यो ट्याङ्करलाई छानबिनका लागि इङ्ल्यान्डको दक्षिणी तट नजिकैको समुद्र क्षेत्रमा ब्रिटिश नियन्त्रण तथा निगरानीमा राखिने जनाएको छ।

