Skip to main content

कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गर्यो

१ असार, विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०८३/८४ मा ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यस बजेटले पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा प्रचारप्रसार समेटेको छ। सोही बजेट अन्तर्गत प्रदेशले आगामी दुई वर्ष मनाउने भ्रमण वर्षको कार्यक्रम पनि राखेको छ। यसअघि चालु आर्थिक वर्षलाई पर्यटन वर्ष घोषणा गरेपछि, प्रदेश सरकारले आगामी दुई वर्षका लागि पनि पर्यटन वर्ष घोषणा गरेको छ।