Skip to main content

नेकपा माओवादीले उमा भुजेललाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्‍यो

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सचिवालय सदस्य उमा भुजेललाई पार्टीका सबै जिम्मेवारीहरूबाट मुक्त गरेको छ। भुजेलमाथि पार्टीको नीति विपरीत गुटबन्दी र भड्कावादी गतिविधि गरेको आरोप लगाउँदै कारबाही गरिएको हो। उमा भुजेल सशस्त्र द्वन्द्वको क्रममा गोरखा जेल ब्रेक गर्नेमध्येकी एक महिला हुन्। १ असार, काठमाडौं।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले सचिवालय सदस्य उमा भुजेल (सिलु)लाई कारबाही गरेको छ। सोमबार बसेको नेकपा (माओवादी)को सचिवालय बैठकले उनलाई सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो। ‘…सचिवालय सदस्य कमरेड सिलुले केन्द्रीय समिति बैठकपछि महासचिवसँग गम्भीर छलफल हुँदाहुँदै पार्टीका विचार, नीति, निर्णयविरुद्ध निरन्तर विचलनकारी, पलायनवादी गुटबन्दी गर्दै हिडेको, पार्टी कार्यदिशा, नेतृत्व र जनक्रान्तिविरुद्ध भड्कावादी गतिविधि सञ्चालन गरेकाले उहाँलाई पार्टी केन्द्रीय समितिलगायत सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरियो’ विप्लवले जारी गरेको पत्रमा उल्लेख छ।