फिफा विश्वकप–२०२६ अन्तर्गत जारी खेलको पहिलो हाफमा स्पेन र केप भर्डेबीच गोलरहित बराबरी हासिल भएको छ। १ असार, काठमाडौं। अमेरिकाको एटलान्टास्थित एटलान्टा रंगशालामा खेलेको खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका छैनन्। सन् २०१० का विश्वविजेता स्पेनले पहिलोपटक विश्वकप खेल्दै गरेको केप भर्डेमाथि दबाब सिर्जना गरेको भए पनि गोल गर्न भने असफल भएको छ। केप भर्डेका गोलकिपर भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनका आक्रमणहरू रोकेका छन्।

