काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारको बजेट मध्यरातमा पेश गरिएको छ। आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले बजेट प्रस्तुत गरिरहेका छन्। बजेट प्रस्तुति भइरहेको प्रदेशसभा बैठक नेकपा र राप्रपाले बहिष्कार गरेका छन्। सोमबार साँझ ५ बजे बजेट प्रस्तुति गर्ने कार्यसूची थियो। तर सत्तारुढ दल र मन्त्रीहरूबीच बजेटको सीमा निर्धारण विषयमा विवाद हुँदा बैठकलाई ९ बजेसम्म सारिएको थियो। र त्यहीँ राति साढे ११ बजे मात्र बैठक बसेर बजेट प्रस्तुति सुरु भयो। पहिले आज साँझ ५ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाइएको थियो। तर, सत्तारुढ दलहरूबीच बजेट विषयमा विवाद भएपछि बैठक राति ९ बजे सारिएको थियो। तर उक्त समयमा पनि बैठक बस्न नसकेपछि अन्ततः राति साढे ११ बजे बस्ने गरी प्रदेशसभाको बैठक पुनः बोलाइएको थियो।

