फिफा विश्वकप–२०२६ अन्तर्गत बेल्जियमविरुद्धको खेलमा इजिप्टले अग्रता हासिल गरेको छ। २ असार, काठमाडौं। सिएटल स्टेडियममा भइरहेको प्रतियोगिताको १९औं मिनेटमा इजिप्टले अग्रता पक्का गर्यो। इजिप्टका इमाम आशौरले गोल गर्दै टोलीलाई अगाडि बढाएका छन्। इमामले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट प्रहार गरेका प्रहार सिधै गोलरक्षकको पहुँच बाहिर पुगेको थियो।

