Skip to main content

जनमत पार्टीले ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ स्थापना गर्न कार्यदल गठन गर्यो

१ असार, काठमाडौं । जनमत पार्टी नेपालले विपक्षी पार्टीहरूलाई समेट्दै ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ बनाउन पहल गर्ने निर्णय लिएको छ। सोमबार जनमतले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) समावेश गर्दै उक्त मोर्चा स्थापना गर्न कार्यदल गठन गरेको जनाएको छ।

राजनैतिक सिद्धान्त, विचार र लक्ष्यमा एकरूपता भएका दलहरूसँग पार्टी एकीकरण र मोर्चाबन्दी गर्ने विषयमा वार्ता गर्ने योजना बनाइएको छ। यसका लागि नरेन्द्रप्रसाद चौधरीलाई संयोजक बनाएर वार्ता कार्यदल गठन गरिएको छ। वार्ता टोलीमा जयकान्त राउत र प्रमोदकुमार गुप्तालाई सदस्यको रूपमा समावेश गरिएको छ।