Skip to main content

आत्मघाती गोलले बेल्जियमले हारबाट बच्यो

सिएटल स्टेडियममा भएको खेलमा बेल्जियम र इजिप्टबीचको मुकाबला १–१ को बराबरीमा सकिएको छ। २ असार, काठमाडौं। आत्मघाती गोलको कारण बेल्जियमले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा हारबाट बच्न सफल भएको छ। खेलको १९औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर, ६६औं मिनेटमा आएको आत्मघाती गोलपछि इजिप्ट आफ्नो जितबाट टाढा रहन बाध्य भयो। इजिप्टका मोहम्मद हानीले प्रहार गरेको बल आफ्नै गोलपोष्टमा सुटकिने क्रममा बेल्जियमले खेलमा फर्किन सफल भयो। समूह ‘जी’ मा रहेको बेल्जियम र इजिप्टले समान रूपले एक–एक अंक हात पारेका छन्। यस समूहमा इरान र न्यूजिल्यान्डका खेलहरु खेलिन बाँकी रहेको छ।