२ असार, काठमाडौं । औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ। विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलहरूको प्रमाणपत्र स्वत: रद्द भएको पुष्टि गरेको हो। विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने प्रावधान अनुसार उक्त निर्णय कार्यान्वयन गरिएको छ। यससँगै ती औषधि पसलहरू अब कानुनी रूपमा औषधि बिक्री–वितरण गर्न अयोग्य भएका छन्।
विभागले जारी गरेको सूचनामा सम्बन्धित सबै औषधि पसलका सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र भविष्यमा औषधि बिक्री वितरण गर्दा कानुनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न विशेष अनुरोध समेत गरेको छ। २८ जेठ २०८३ सम्म नवीकरण म्याद समाप्त भई स्वत: रद्द भएका औषधि पसलहरूको विस्तृत सूची पनि विभागले सार्वजनिक गरेको छ। हेर्नुस् सूची–

