Skip to main content

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई कारागार पठाइयो

२ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमलाई कारागारमा राखिएको छ। मंगलबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले गौतमलाई पुर्पक्षका थुनामा राख्न आदेश जारी गरेको हो। पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार प्रकरणमा गौतम पनि संलग्न थिए। तत्कालीन निर्देशक प्रदीप अधिकारीसहित गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुल गरी सजाय माग गर्दै मुद्दा चलाएको थियो। अदालतको निर्णयअनुसार गौतमलाई थुनामा राख्न आदेश दिइएको छ। प्रदीप अधिकारीलाई भने पहिले नै कारागार पठाइएको छ।