Skip to main content

विश्वकप २०२६ अमेरिका: खेल नतिजा देखाउन ‘ड्रोन स्कोरबोर्ड’, आकाश झिलिमिली भयो

विश्वकपमा ‘ड्रोन स्कोरबोर्ड’ले अमेरिकाको आकाश झिलिमिली गराएको छ। १९ मिनेट पहिले संयुक्त राज्य अमेरिकाको सियाटलमा फिफा विश्वकप २०२६ को आयोजना स्थलमा खेलको अन्तिम नतिजा ‘ड्रोन स्कोरबोर्ड’मा देखाइँदा आकाश ताराले झिलिमिली गरे। जून १५ मा यहाँ बेल्जियम र इजिप्टबीच भएको खेल १-१ को बराबरीमा टुंगिएको थियो। सियाटलको आकाशमा खेलको अन्तिम नतिजा सहित प्रतिस्पर्धी राष्ट्रका झण्डा पनि प्रदर्शन गरिएको थियो।

विश्वकपमा यस किसिमले ड्रोनमार्फत पहिलो पटक नतिजा देखाइएको यो घटना नयाँ प्रविधिको रूपमा मानिएको छ।