Skip to main content

नेभेसको गोलले पोर्चुगललाई अग्रता दिलायो

३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो खेलमा पोर्चुगलले डिआर कंगोविरुद्ध छैटौं मिनेटमै अग्रता बनाएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा जारी समूह के को खेलमा जोआओ नेभेसले गोल गर्दै आफ्नो टोलीलाई अग्रस्थान दिलाएका हुन्। उनले पेड्रो नेटोको क्रस हेडमार्फत गोल गरेका हुन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो यसपटक लगातार छैटौं विश्वकपमा खेलिरहेका छन्। उनी अर्जेन्टिनाका कप्तान लियोनल मेसिइतरह लगातार छौं विश्वकप खेल्ने दोस्रो खेलाडी बनेका छन्।