संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्ध समाप्त गर्न तयार पारिएको प्रारम्भिक सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्। यस सहमतिपत्रमा १४ वटा महत्वपूर्ण बुँदा समावेश गरिएको छ। दस्तावेज अनुसार दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सहमतिमा पुग्न थप वार्ता गर्ने प्रतिबद्धता जनाएका छन्।
यस सहमतिपत्रमा इरानका तर्फबाट राष्ट्रपति मसूद पेजेस्किआन र दुवै पक्षबीच मध्यस्थता गर्ने पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि हस्ताक्षर गरेका छन्। सहमतिअनुसार होर्मुज जलमार्ग पुनः खोलिने, इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलर खर्च गरिने, साथै अमेरिकाले इरानविरुद्ध लागु गरेका सबै प्रतिबन्धहरू हटाउने व्यवस्था गरिएको छ।

