Skip to main content

इजरायलले सम्झौताविपरित लेबनानमाथि हवाई आक्रमण गर्यो, १६ जनाको मृत्यु

लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार इजरायली आक्रमणमा कम्तीमा १६ जना नागरिकको मृत्यु भएको छ। नबातीह शहर र त्यस वरिपरिका क्षेत्रमा शुक्रबार बिहानदेखि इजरायलले निरन्तर हवाई हमला गरिरहेको छ। दक्षिणी लेबनानमा सक्रिय हिज्बुल्लाहका आश्रयस्थलहरूमा आक्रमण रोक्ने विषयमा अमेरिका र इजरायलबीच मतभेद देखिएका छन्। ५ असार, काठमाडौं।

इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा पर्ने शहरहरूमा हवाई आक्रमण गरेको छ। लेबनानको सरकारी समाचार एजेन्सीले दक्षिणी क्षेत्रका शहरहरूमा इजरायलले हमला गरेको दाबी गरेको हो। एजेन्सीका अनुसार आक्रमणमा परी कम्तीमा १६ लेबनानी नागरिकको मृत्यु भएको छ। विभिन्न सञ्चार माध्यमहरूले लेबनानको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दै शुक्रबार बिहानदेखि नबातीह शहर र वरिपरि क्षेत्रहरूमा इजरायलले लगातार हमला गरिरहेको खबर प्रकाशन गरेका छन्।

तर, अमेरिका र इरानबीच भएको सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही बन्द हुने उल्लेख गरिएको थियो। पछिल्ला दिनहरूमा अमेरिका र इजरायलबीच दक्षिणी लेबनानमा रहेका हिज्बुल्लाहका आश्रयस्थलहरूमा आक्रमण रोक्ने विषयमा मतभेद बढ्दै गएको छ।