Skip to main content

पहिलो हाफमा अमेरिकाले अष्ट्रेलियाविरुद्ध दुई गोलले अग्रता बनायो

आत्मघाती गोलमार्फत पहिलो अग्रता बनाएको अमेरिकाका लागि एलेक्स फ्रीम्यानले दोस्रो गोल गरे। फिफा विश्वकप–२०२६ अन्तर्गत अमेरिकाले पहिलो हाफमा अष्ट्रेलियाविरुद्ध दुई गोलको अग्रता लिएको छ। खेलको ११औं मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलबाट अमेरिकाले पहिलो अग्रता पायो। अमेरिकाका एलेक्स फ्रीम्यानले ४३औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। ६ असार, काठमाडौं। अमेरिकाले फिफा विश्वकप–२०२६ अन्तर्गत अष्ट्रेलियाविरुद्ध दुई गोलको अग्रता लिएको छ। सिएटल स्टेडियममा जारी खेलको पहिलो हाफमा अमेरिकाले दुई गोलको अग्रता लिएको हो। आत्मघाती गोलमार्फत पहिलो अग्रता बनाएको अमेरिकाका लागि एलेक्स फ्रीम्यानले दोस्रो गोल गरे। एलेक्सले ४३औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाएका छन्। त्यसअघि अष्ट्रेलियाका क्यामरुन बर्गेसले ११औं मिनेटमा क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकाले पहिलो अग्रता पाएको थियो। अमेरिकाले पहिलो हाफमा अष्ट्रेलियालाई दबाबमा राख्न सफल भएको छ।