सिएटल स्टेडियममा जारी खेलमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गरेपछि अमेरिकाले अग्रता लिएको छ। फिफा विश्वकप २०२६ अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा क्यामरुन बर्गेसको आत्मघाती गोल भएपछि अमेरिकाले १-० को अग्रता प्राप्त गरेको हो। खेलको ११औं मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले अष्ट्रेलियाको डिफेन्स भित्र क्रस गरेका थिए। त्यसपछि क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा गएर पुगेको थियो।
समूह ‘डी’ मा रहेको दुवै टोलीले यसअघि आफ्नो पहिलो खेलमा जित हात पारेका थिए। अमेरिकाले पाराग्वेलाई र अष्ट्रेलियाले टर्कीलाई पराजित गरेका थिए। ६ असार, काठमाडौं।

