फिलाडेल्फिया स्टेडियममा जारी प्रतिस्पर्धात्मक खेलमा म्याथियस कुन्हाको गोलमार्फत ब्राजिलले अग्रता लिएको छ। फिफा विश्वकप २०२६ अन्तर्गत फिलाडेल्फियामा जारी खेलमा ब्राजिलले म्याथियस कुन्हाको गोलबाट हाइटीविरुद्ध २३औं मिनेटमा अग्रता बनाएको हो। खेलको १२औं मिनेटमा राफिन्हाले गरेको गोल अफसाइडका कारण मान्यता पाउन सकेन।
ब्राजिलले आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटीले स्कटल्यान्डसँग पराजय भोगेको थियो। ३० मिनेटको खेल सकिँदा ब्राजिलले हाइटीमाथि दबाब कायम गरेको छ।

