Skip to main content

फिफा विश्वकप २०२६ : दोस्रो मिनेटमै पाराग्वेले टर्कीविरुद्ध अग्रता जमायो

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै पाराग्वेले अग्रता लिएको छ। फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीविरुद्धको खेलमा पाराग्वेका माटियास गालार्जाले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। पहिलो खेलमा पराजित भएका दुवै टोली यस खेलमा पहिलो जितको खोजीमा रहेका छन्। ६ असार, काठमाडौं। पाराग्वेले फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीविरुद्ध अग्रता लिएको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलको दोस्रो मिनेटमै पाराग्वेले अग्रता लिएको हो। पाराग्वेका लागि माटियास गालार्जाले गोल गरे। पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।