Skip to main content

ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा, हाइटी बाहिरियो

जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ। ब्राजिलको सहज जितमा म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे। यो जितसँगै ब्राजिल २ खेलबाट ४ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। ६ असार, काठमाडौं।

ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध सहज जित निकाल्यो। फिलाडेल्फिया स्टेडियममा शनिवार बिहान सम्पन्न खेलमा ब्राजिलले हाइटीलाई ३–० को स्पष्ट जित हात पार्यो। ब्राजिलले म्याथियस कुन्हाले दुई गोल र भिनिसियस जुनियरले एक गोल गरे। खेलको २३ औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई पहिलो अग्रता दिलाए। त्यसपछि ३६ औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै अग्रताको दुरी बढाए। दोस्रो हाफमा भने दुबै पक्षबाट गोल हुन सकेन। खेलभरि बल ब्राजिलको नियन्त्रणमा रह्यो। हाइटीले केही अवसर पाएको भए पनि सदुपयोग गर्न सकेन। ब्राजिलले गरेको अन्य दुई गोल अफसाइडका कारण मान्यता पाएन।

जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। ब्राजिलले २ खेलबाट ४ अंक जोड्दा समान ४ अंक भएको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। दुई खेलमा ३ अंक जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ। लगातार दोस्रो हार बेहोरेपछि हाइटीको नकआउट चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। अब ब्राजिलले स्कटल्यान्ड र मोरक्कोसँग खेल्ने छ।