समाचार सारांश जापान सरकारले ४८ वर्षपछि आगामी १ जुलाईदेखि लागू हुने गरी भिसा शुल्क बढाउने निर्णय गरेको छ। नयाँ नियम अनुसार सिङ्गल–इन्ट्री भिसा शुल्क १५,००० येन र मल्टिपल–इन्ट्री भिसा शुल्क ३०,००० येन निर्धारण हुनेछ। शुल्क वृद्धिबाट प्राप्त अतिरिक्त राजस्व विदेशी जनसङ्ख्या व्यवस्थापन र जापानी भाषा कार्यक्रमको विस्तारमा खर्च गरिनेछ। ६ असार, काठमाडौं। जापानले ४८ वर्षपछि पहिलो पटक भिसा शुल्क बढाउने निर्णय गरेको छ। यो निर्णय जापान सरकारको मन्त्रिपरिषद् बैठकले बुधबार दिएको हो। सन् १९७८ यता भिसा शुल्कमा कुनै परिवर्तन गरिएको थिएन।
भिसा शुल्क कति बढ्यो? जापान टाइम्सका अनुसार, सिङ्गल-इन्ट्री भिसाको शुल्क हालको ३,००० येनबाट बढाएर १५,००० येन गरिनेछ। त्यस्तै, मल्टिपल-इन्ट्री भिसाको शुल्क ६,००० येनबाट बढाएर ३०,००० येन गरिने योजना बनाइएको छ। यि नयाँ शुल्कहरू १ जुलाई वा त्यसपछिका आवेदनहरूमा लागु हुनेछन्। विदेश मन्त्री तोसिमित्सु मोतेगीले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘हालको भिसा शुल्क सन् १९७८ मा तोकिएको थियो। त्यसयता मुद्रास्फीति र विनिमय दर परिवर्तनलाई ध्यानमा राख्दै भर्खरै संशोधन गरेका छौं।’ उनले थपे, ‘विभिन्न पक्षहरूको विस्तृत अध्ययनपछि यो निर्णय लिएको हौँ र यसले यहाँ आउने पर्यटकहरूमा तत्काल प्रभाव पार्नेछ भन्ने लाग्दैन।’
पहिले नेपालबाट जापानको भिसा ३,००० येन अर्थात् झण्डै २,८५० नेपाली रुपैयाँ थियो, अब वृद्धि गरी १४,२५० येन पुर्याइनेछ, जुन करिब पाँच गुणा वृद्धि हो। त्यस्तै, मल्टिपल-इन्ट्री भिसाका लागि शुल्क २२,८०० बाट माथि बढाएर २८,५०० येन गरिनेछ। आवासीय शुल्कमा पनि ठूलो वृद्धि अघिल्लो महिनामा जापानको माथिल्लो सदनले विदेशी नागरिकहरूको भिसा सम्बन्धी शुल्क ३० गुणासम्म बढाउने विधेयक पारित गरेको थियो। यो विधेयक पहिले नै तलको सदनबाट अप्रिलमा पारित भइसकेको थियो।
यथावत् आवासीय हैसियत परिवर्तन, बसाइ अवधि विस्तार, र स्थायी बसोबास आवेदनको अधिकतम कानुनी शुल्क क्रमशः १०,००० येन (करिब ६३ डलर) थियो। नयाँ संशोधनले यी सीमा विस्तार गर्दै १,००,००० र ३,००,००० येनसम्म पुर्याएको छ। यसै संशोधनको अन्तर्गत मन्त्रीपरिषद्ले वास्तविक शुल्क तोक्ने छ। बसोबास स्थिति परिवर्तन र अवधि थप्ने शुल्क हालको ५,५००–६,००० येनबाट बढाएर १०,००,००० येनसम्म पुर्याउने सरकारको प्रस्ताव छ। स्थायी बसोबास आवेदनको शुल्क पनि १०,००० येनबाट बढाएर २,००,००० येन गरिनेछ। सरकारले आगामी आर्थिक वर्ष मार्च ३१, २०२७ भन्दा पहिले यी परिवर्तनहरू लागू गर्ने लक्ष्य राखेको छ।
राजस्व कहाँ खर्च हुनेछ? सन् २०२५ को अन्त्यसम्म जापानको विदेशी जनसंख्या ४१ लाख ३० हजार पुगेर उच्चतम भएको छ। नयाँ शुल्क वृद्धिबाट प्राप्त अतिरिक्त राजस्व विदेशी जनसङ्ख्या व्यवस्थापनमा प्रशासनिक खर्च र जापानी भाषा कार्यक्रमको विस्तारमा खर्च गरिनेछ। भिसा अवधि सकिएपछि अवैध बसोबास गर्नेहरू विरुद्ध कदमहरूलाई पनि यसबाट बलियो बनाइने योजना गरिएको छ।
पश्चिमी देशहरूको हितमा जापानको कदम जापानले आफ्ना भिसा र बसोबास शुल्कलाई अन्तर्राष्ट्रिय स्तरका पश्चिमी देशहरूको स्तरमा ल्याउन हरेक प्रयास गरिरहेको छ। उदाहरणका लागि, अमेरिकामा भिसा नवीकरण शुल्क करिब ४२० देखि ४७० डलर र जर्मनीमा ९३ युरो देखि ९८ युरो सम्म पर्छ।

