६ असार, काठमाडौं । भारतको महाराष्ट्र प्रदेशको परभणी जिल्लामा निर्माणाधीन मन्दिरको छत खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम पीटीआईका अनुसार, परभणी जिल्लाको यसबाडी गाउँमा शनिबार दिउँसो उक्त दुर्घटना भएको हो । यस घटनामा थप १८ जना घाइते भएका छन् । ठेस लागेका सबैको उपचार चलिरहेको छ । मन्दिरको सभा मण्डपको छत भत्किएको जनाएको छ ।

