Skip to main content

नेयमार स्कटल्यान्ड विरुद्ध खेल्न तयार

समाचार सारांश चोटका कारण सुरुवाती दुई खेल गुमाएका ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले स्कटल्यान्ड विरुद्धको खेल खेल्ने भएका छन्। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले आगामी बुधबार हुने स्कटल्यान्ड विरुद्धको खेलमा नेयमार उपलब्ध हुने बताउनुभयो। हाल दुई खेलबाट ४ अंक जोडेको ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ। ६ असार, काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले स्कटल्यान्ड विरुद्धको खेल खेल्ने भएका छन्। चोटका कारण सुरुवाती दुई खेल गुमाएका नेयमार स्कटल्यान्ड विरुद्धको खेलमा उपलब्ध हुने ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले पुष्टि गरे। ‘नेयमार भोलि व्यक्तिगत रूपमा र सोमबार टोलीसँग प्रशिक्षण गर्नेछन्। उनी स्कटल्यान्ड विरुद्धको खेलको लागि उपलब्ध हुनेछन्,’ कार्लोले हाइटीमाथि ३-० को जितपछि भने। ब्राजिलले समूह चरणको अन्तिम खेल आगामी बुधबार स्कटल्यान्डसँग खेल्नेछ। प्रशिक्षक कार्लोका अनुसार त्यो खेलमा नेयमार खेल्नेछन्। नेयमारले गुमाएको दुई मध्ये ब्राजिलले एक खेलमा जित र एक खेल बराबरी खेलेको छ। हाइटीलाई ३-० ले पराजित गरेको ब्राजिल मोरक्कोसँग १-१ को बराबरीमा रोकिएको थियो। २ खेलबाट ४ अंक जोडेको ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा छ। समान ४ अंक रहेको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। स्कटल्यान्ड ३ अंकसहित तेस्रो स्थानमा छ र अंकविहिन हाइटी अंकतालिकाको पुछारमा छ।