एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले साउदी अरेबियाविरुद्ध तीन गोलको अग्रता बनाएको छ। फिफा विश्वकप २०२६ अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलको पहिलो हाफमा स्पेनले तीन गोलको अग्रता बनाएको हो। खेलको १०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन्। त्यसपछि मिकेल ओयार्जाबलले खेलको २१औं र २४औं मिनेटमा दुई गोल थप्दै टोलीको अग्रतालाई बलियो बनाएका छन्।






