महिन्द्राका विद्युतीय SUV ग्राहक भेटघाट कार्यक्रम सम्पन्न, १०० भन्दा बढी वाहन हस्तान्तरण
नेपालमा महिन्द्राका आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले काठमाडौंमा ९० भन्दा बढी ग्राहकको उपस्थितिमा विद्युतीय सवारीमा केन्द्रित विशेष कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको सोल्टी होटलमा आयोजित उक्त कार्यक्रममा १० वटा महिन्द्रा इलेक्ट्रिक SUV ग्राहकलाई हस्तान्तरण गरियो। कार्यक्रममा सहभागीहरूले महिन्द्राका नयाँ इलेक्ट्रिक SUV बीई ६ र एक्सईभी ९ ई अनुभव गर्ने अवसर प्राप्त गरे।
७ असार, काठमाडौं। नेपालका लागि महिन्द्राका आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्राका नयाँ बोर्न इलेक्ट्रिक सवारीहरू केन्द्रित विशेष ग्राहक तथा सम्भावित ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ९० भन्दा बढी ग्राहक र सम्भावित ग्राहकहरू उपस्थित थिए। काठमाडौंको द सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागीहरूले महिन्द्राका अत्याधुनिक विद्युतीय प्रविधि र दिगो यातायात समाधानहरू प्रत्यक्ष अनुभव गर्ने मौका पाए।
कार्यक्रमको मुख्य आकर्षण विशेष हस्तान्तरण समारोहमा करिब १० वटा महिन्द्रा इलेक्ट्रिक SUV एकैपटक ग्राहकलाई हस्तान्तरण गर्नु थियो। सहभागीहरूले महिन्द्राका नयाँ बोर्न इलेक्ट्रिक SUV मोडेलहरू, बीई ६ र एक्सईभी ९ ई लाई अवलोकन र अनुभव गरे। ‘अत्याधुनिक प्रविधि, भविष्यदर्शी डिजाइन र वातावरणमैत्री गतिशीलताको संयोजनले यी सवारीहरूले महिन्द्राको विद्युतीय यात्रामा नयाँ दिशा प्रस्तुत गरेका छन्,’ अग्नि इन्कर्पोरेटेडले विज्ञप्तिमा जनाएको छ।
कार्यक्रमका क्रममा अग्नि इन्कर्पोरेटेडका वरिष्ठ प्रतिनिधिहरूले सहभागीहरूसँग अन्तरक्रिया गर्दै दिगो यातायात र नेपालको विद्युतीय सवारी क्षेत्रको भविष्यप्रति महिन्द्राको दृष्टिकोण प्रस्तुत गरे। कार्यक्रममा भारतस्थित महिन्द्रा एण्ड महिन्द्राका प्रतिनिधिहरू पनि सहभागी थिए। अग्नि इन्कर्पोरेटेडका प्रतिनिधिहरूले नेपालमा विद्युतीय सवारी प्रयोगको विस्तार र ग्राहकलाई उच्चतम अनुभव प्रदान गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरे। यस कार्यक्रमले ग्राहकसँगको सम्बन्ध अझ सुदृढ गर्दै नेपालको विद्युतीय सवारी बजारमा महिन्द्राको बढ्दो उपस्थिति उजागर गरेको छ।

