भ्यानकुभरको बीसी प्लेस स्टेडियममा जारी प्रतियोगिताको ६७औं मिनेटमा इजिप्टले अग्रता हासिल गरेको छ। फिफा विश्वकप २०२६ समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्डविरुद्ध मोहम्मद सलाहको गोलले इजिप्टलाई सफलता दिलाएको हो। खेलको १५औं मिनेटमा फिन सम्र्यानले न्यूजिल्यान्डलाई अग्रता दिलाएका थिए, त्यसपछि ५८औं मिनेटमा इजिप्टका मोस्तफा जिकोले हेडरमार्फत गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए।
दुवै टोलीले पहिलो खेलमा बराबरी खेलेका थिए भने यो खेल नकआउट चरणमा प्रवेशका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ। ८ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इजिप्टले न्यूजिल्यान्डविरुद्ध अग्रता बनाएको छ। इजिप्टका मोहम्मद सलाहले दोस्रो गोल गरेका हुन्।

